Pages

2.28.2012

हाम्रो प्रेम

औपचारिकता खोज्यो हाम्रो प्रेमले
प्रकट गरे मैले किनकि म पुरुष थिए
साइत जुर्यो बर्ष दिन अगाडिको
प्रणय दिबस अर्थात भ्यालेन्टाईन डे को

हाम्रो प्रेमको ताँदो चड्दै गयो
तिमी र म दुबै रसिक बन्दै गयौं
रमाइला गफ र उट्पट्याङ ठट्टा
म:म र कोक अनि पार्कको बसाईसंगै
बिस्तारै बिस्तारै गरम बन्दै गयो
बर्ष दिनको कलिको चिचिलो समयमा नै
हाम्रो प्रेमको भु्णले प्रशस्त मौलाउने अवसर पायो

वास्तबिक संसारमा ओत लगाउन
आफ्नै न्यानो मुटु र काखमा सुरक्षित राख्न
कल्पनाको दुनियामा म माला गास्दै थिए
त्यत्तिकैमा तिमिले प्रेमको बार्षिकी मनाउन निमन्त्रणा गर्यो
उपस्थित भए म पनि त्यही ठाँउमा

बाटो नमोडिए पनि अचानक यात्री मोडिएको
वर्षै दिनमा प्रेमको अन्त्य गराउन तिमिले राजीनामा माग्यौ
त्येही भ्यालेन्टाईन डेको स्मरण सुनाउदै
एक केस्रो सुन्तला छोडाउदै मैले भने
सिंगो आफैमा पुर्ण हुन्छ
त्यसैले आधा आधा बाँडेर खाऔँ
यसैमा हाम्रो प्रेम मुल्यबान हुन्छ

तिमिले पनि समर्थन जनायौ
आधा केस्रो सुन्तलाको साथ
तिमी र म गह्रौं मन लिएर
दुबै विपरित दिशातिर लाग्यौं
आधा आधा खानुको औचित्यता पुष्टि गर्न
शायद अव कहिल्यै भेट नहुने गरी

५९/११/१२

No comments:

Post a Comment