Pages

4.15.2012

नयाँ बर्ष २०६९ - चिसापानी हाईकिङ


लामो समयदेखि राजधानी नजिकै कतै हाईकिङ जाने हाम्रो योजना थियो। बिशेषगरि अमृत दाइ, सुबास भाइ र मैले हाम्रो चिरपिरिचित 'गोङगबु प्लेनम' मा यो सोच तयार पारेका थियौ तर समय भने जुरिरहेको थिएन । त्यसको केहि समय मात्रै अघि हामि अर्थात सुवास र म एकरात क्याम्पिङ गर्न शिबपुरी जँगल गइसकेकोले गर्दा अमृत दाइ केहि बढिनै उत्साहित हुनुहुन्थ्यो । त्यसैले गर्दा हामिले मेसो मिलायौ नेपाली नयाँ बर्षको र चिसापानी जाने निर्णय गर्यो । सञ्जिब पासाले चिसापानीको होटल बुक गरे र सम्भाबित खर्चको हिसाबकिताब निकाले अनि सुबास चै टोली ठुलो पार्न तिर लागे । सुबासका साथीहरु यादब भाइ, सुदिपचामेटल भाइ टोलीमा जोडिए भने फ्याङ्को कोलम्बो उर्फ राजेश ब्रो, बिबेक ब्रो साथै गुञ्जन अनि चितवनबाट हाईकिङ कै लागि भनेर बाबु आईपुगे । अनि यसमा थपिइन मेरी पत्नी सृजना !!! यसरी एक-से-एक १२ जनाको हाईके डफ्फा नेपाली नयाँ बर्ष २०६९ को स्वागत गर्न तयार भएर एकाबिहानै सुन्दरीजलमा भेला भए ।
  
 
खाजाको मेसो

सुन्दरीजलको बजारमा हाईकेहरुले बाटोको बन्दोबस्तीको सामान खरिद गरे अनि उकालो नाप्न शुरु गरे । सञ्जिब र बिबेक केहि अगाडि लागे भने म लगायत केहि साथि सुस्तरी फोटोसेसन गर्दै उक्लिन थाल्यौ । साथीहरु आफ्नो ओजन र काठमाडौ प्रदुषणको बारेमा गफिदै थिए । बाटोमा प्रशस्त नेपाली साथीहरु उक्लिदै गरेको र ओर्लदै गरेको भेटियो । मित्रहरुले यसलाई नयाँ बर्ष लगायतका मौकाहरु उपत्यकाबासिले नजिकैको प्रकृतिसँग सँगै मनाउन थालेको र बढ्दो रुपमा रहेको निष्कर्ष निकाल्न भ्याए ।
 
 
हाईकेहरु फोटोको लागि पोज दिदै
 
 
साथको खुशी
 
 
 गर्मिसँग पौठेजोरी खेल्दै अनि शिबपुरी राष्ट्रिय निकुञ्जको हरियालीलाई दृश्याबलोकन गर्दै हाईकेहरु उकालो काट्दै रहे । माथीको ओखरे गाउमा एकछिन सुस्ताए अनि स्थानिय "मकैलोजी", साँधेको चाउचाउ सँग घुट्क्याए । "मकैलोजी"को थप बलले हाईके टोली अगाडि बढ्यो । बाटोको ताप र मकैलोजीको रापले बिस्तारै साथीहरु रसिक बन्दै गए । फलस्वरुप "ननभेज" जोकको बाढि आउन थाल्यो । जोकको राजा चै हाम्रो बिबेक भाइ भए । उनको "दुलाहा पट्टी कि दुलही पट्टी" को जोकले सर्वोत्कृष्ट स्थान हासिल गर्यो । हामि जति माथी जान्थ्यो उति नै दृश्यहरु झन मनमोहक बन्दै जान्थे । साथिहरुको कम्प्याक्ट र डियसयलआर मा क्लिक क्लिक बढ्दै जान्थ्यो । बाटोका वरिपरि फुलेका सुनाखरिले हाम्रो हिडाईमा उर्जा थपिरहेका हुन्थे ।
 
 
 
 एक छिन टुसुक्क थकाई मारौ कि के हो :)
 
 
 काठमाडौ शहर यस्तो देखिने रै'छ
 
 
भन्ज्याङलाई पार गरेर हामी अझ अगाडि बढ्यौ । त्यताबाट नुवाकोट जिल्लाका रमाईला गाँउहरु देखिन्थे । जँगलको बिचबाट हामि ओरालो झर्दै गयौ र एक घण्टा जस्तोमा गन्तब्य अर्थात चिसापानि पुग्यौ । डाँडामा अबस्थित त्यस ठाँउ स्वदेशी तथा बिदेशि पर्यटकले भरिभराउ देखिन्थे । पहिले बुक गरेको होटलमा जिउ बिसायौ र खाजा खायौ । सञ्जिब पासा र बिक्रम भाइ "मकैलोजी" खोज्दै गाँउ पसे, म र बाबु यसो पल्टियौ अनि अरु साथिहरु नजिकै तिर घुम्न गए ।
 
साँझमा महफिल जम्यो । बिदेशि रक्सीमा नेपाली जिब्रोहरु मजाले फट्कारिए । अबेला गरेर हामिले खाना खायौ । खाना पछि पनि जोश घटेन, बरु बढ्यो । मध्यरात सम्म साथीहरु नेपाली, अँग्रेजी र हिन्दी गीतमा कम्मर मर्काई रहे, म भने निद्रादेबीको काखमा पल्टिँए । बिहानै टोली उठ्यो "न्यू ईयर रिजोलुशन" का साथ । अनि ब्रेकफास्ट गरेर शहर तिर फर्कियो । हाईके टोली प्रकृतिसँग मस्त हुदै रमाउदै त थियो नै "मकैलोजी" लाई पनि भरपुर उपभोग गर्यो।

केहि तस्बिरहरु - 

 
खोई, थकाईले फोटो राम्रो आएन
 
 
  के रै'छ आजको समाचार: यादव भाइ कला र शैली पेज हेर्दै
 
 
 यात्रा जारी छ
 
 
 बनैभरी सुनाखरी ढकमक्क फुलेका
 
 
 मनमोहक हरियाली दृश्य (भन्ज्याङ नजिकवाट देखिएको )
 
 
चिसापानीबाट देखिएको
 
 
चिसापानी वरपर तिेर हाईके हरुको घुमाई
 

2 comments:

  1. दाइको बर्ण बिन्यास गज्जबको लाग्यो अनी ति २ दिनको एकदम याद आयो
    जिन्दगीले अब त्यो समुह अनी तेही मजा फेरी भेट्न पाए नि हुन्थ्यो
    ति दिनहरुलाई पुन ताजा बनाउनु भएकोमा राज दाजु प्रती साधुबाध

    ReplyDelete
    Replies
    1. मलाई पनि त्यस्तै लाग्छ यादब । अब त भेट्नै त मुश्किल हुने भयो । सञ्जिब पासा भारत, तिमि अमेरिका अनि म यता...कसरी होला त यस्तो यात्रा पुन एकपटक.. आशा गरौ छिट्टै हुनेछ । काठमाडौमा हुनेहरुले चै चाहे भने फेरी जान सक्ने भए नि ।

      Delete