Pages

2.23.2012

गजल - चपक्क अँगालोमा

चपक्क अँगालोमा कती सारो बेरेकी मोरीले  
चारैतिर मायाजाल थापी किन घेरेकी मोरीले । 

चुप्प चुप्प मुँइ खाँदै गाला रातो पारी सकी  
भित्ताको पनि कान हुन्छ खोइ टेरेकी मोरीले ।

यताउता सुम्सुम्याउछे करेन्ट लाग्ने गरी  
भोको बाघको पन्जा जस्तै चिथोरेकी मोरीले । 

तातो तावाको माछाझै दुबै जिउ यता उता  
मलाई पनि आँफैसँग सपक्क सोरेकी मोरीले । 

No comments:

Post a Comment