Pages

2.25.2012

गजल - मधुशाला


मधुसाला जाने बानी छैन मेरो । 
गए पनि खाने बानी छैन मेरो ।। 


दिल भित्र राँको जल्छ दनदनी 
दमकल लाने बानी छैन मेरो ।।


सकेसम्म अरुको भलो देख्ने गर्छु 
धरापमा पार्ने बानी छैन मेरो ।।


मनमा ला'को कुरा लेखिरन्छु म त 
प्रतिकृया नकार्ने बानी छैन मेरो ।।

No comments:

Post a Comment