Pages

4.15.2012

नयाँ बर्ष २०६९ - चिसापानी हाईकिङ


लामो समयदेखि राजधानी नजिकै कतै हाईकिङ जाने हाम्रो योजना थियो। बिशेषगरि अमृत दाइ, सुबास भाइ र मैले हाम्रो चिरपिरिचित 'गोङगबु प्लेनम' मा यो सोच तयार पारेका थियौ तर समय भने जुरिरहेको थिएन । त्यसको केहि समय मात्रै अघि हामि अर्थात सुवास र म एकरात क्याम्पिङ गर्न शिबपुरी जँगल गइसकेकोले गर्दा अमृत दाइ केहि बढिनै उत्साहित हुनुहुन्थ्यो । त्यसैले गर्दा हामिले मेसो मिलायौ नेपाली नयाँ बर्षको र चिसापानी जाने निर्णय गर्यो । सञ्जिब पासाले चिसापानीको होटल बुक गरे र सम्भाबित खर्चको हिसाबकिताब निकाले अनि सुबास चै टोली ठुलो पार्न तिर लागे । सुबासका साथीहरु यादब भाइ, सुदिपचामेटल भाइ टोलीमा जोडिए भने फ्याङ्को कोलम्बो उर्फ राजेश ब्रो, बिबेक ब्रो साथै गुञ्जन अनि चितवनबाट हाईकिङ कै लागि भनेर बाबु आईपुगे । अनि यसमा थपिइन मेरी पत्नी सृजना !!! यसरी एक-से-एक १२ जनाको हाईके डफ्फा नेपाली नयाँ बर्ष २०६९ को स्वागत गर्न तयार भएर एकाबिहानै सुन्दरीजलमा भेला भए ।
  
 
खाजाको मेसो

3.14.2012

चिया गन्थन

स्थान: सिँहदरबार भित्रको एक चमेना गृह
समय: ११:४५ बजे
मिति:२०६८ चैत्र १ गते

कामकाजको मेसोले केही दिनदेखी सिँहदरबार भित्र आउजाउ चलिरेहको छ मेरो । हिजोको झरीले गर्दा बिहानको घाम पारिलो थियो । आकाश पनि मजाले खुलेको थियो । बिहानको चिया घाम ताप्दै खाउ भन्ने मनशायले सहकर्मि मित्रसँग चिया खान भनी मैले प्रस्ताब गरे अनुरुप त्यता गईएको थियो । चियालाई कुर्दै गर्दा अर्को टेबलमा ४ जना राष्ट्रसेबक कर्मचारीहरु पनि आउनु भयो । शुरुमा त वहाँहरुको आबाज मधुरो थियो । बिस्तारै बढ्दै गयो ।

पहिलो ब्यक्ति: यस्तै हो भने नेपाललाई ईन्डियामा गाभ्दिए हुन्छ ।
(यस्तो कुराले मेरो र सहकर्मि मित्रको ध्यान त्यता खिच्यो )

3.09.2012

आफ्नै मनसँग केही कुरा

कल्पनाको संसारमा आधिपत्य जमाउन सफल भएकी, मेरी मनकी रानी, ह्रदयकी राजकुमारी, आज पनि यो सुनसान रातमा फेरी आईपुग्यौ ? बिस्तारै बिरालोको चाल मारेर मेरो सानो मुटुको कुनाबाट मलाई नै चोरेर लाने मेरो जीबनको अखण्ड ज्योतीलाई म के भनुँ । पुर्बिय दर्शनमा ब्याख्या गरिएको कुनै परी भन्दा कम छैनौ तिमी, जसले मेरो कठोर तपस्यलाई भंग गरिदिएको छ । हुन त भौतिक जगतमा आधारित भएर मनको कुराको खेती गर्ने हो भने तिमि मेरो लागी असम्भबप्राय: पनि हुन सक्छयौ । पहिलो भेटमा मलाई नचोरे पनि फेरी फेरी दिनहुँ जस्तो हुने भेटघाटका क्रममा तिमिले मलाई तानिसकेकिछ्यौ । तिम्रो उन्मुक्त हाँसो जसलाई म तुलना गरेर अन्यको दाँजोमा ब्यक्त गर्न सक्दिन । जसले चुम्बकीय शैली अपनाएर ट्याप्पै टिपेको छ मलाई र मेरो दिमागलाई । तिम्रो चुलबुले नयनले प्रहार गर्ने प्रेमबाणको त कुरै नगरौ किनकि त्यसको ब्याख्या गर्न म असमर्थ छु । अझ भनौ तिम्रो सुन्दरताको बर्णन गर्ने मेरो शब्द भण्डार रित्तो रित्तो छ । 

2.28.2012

हाम्रो प्रेम

औपचारिकता खोज्यो हाम्रो प्रेमले
प्रकट गरे मैले किनकि म पुरुष थिए
साइत जुर्यो बर्ष दिन अगाडिको
प्रणय दिबस अर्थात भ्यालेन्टाईन डे को

हाम्रो प्रेमको ताँदो चड्दै गयो
तिमी र म दुबै रसिक बन्दै गयौं
रमाइला गफ र उट्पट्याङ ठट्टा
म:म र कोक अनि पार्कको बसाईसंगै
बिस्तारै बिस्तारै गरम बन्दै गयो
बर्ष दिनको कलिको चिचिलो समयमा नै
हाम्रो प्रेमको भु्णले प्रशस्त मौलाउने अवसर पायो

2.25.2012

गजल - मधुशाला


मधुसाला जाने बानी छैन मेरो । 
गए पनि खाने बानी छैन मेरो ।। 


दिल भित्र राँको जल्छ दनदनी 
दमकल लाने बानी छैन मेरो ।।


सकेसम्म अरुको भलो देख्ने गर्छु 
धरापमा पार्ने बानी छैन मेरो ।।


मनमा ला'को कुरा लेखिरन्छु म त 
प्रतिकृया नकार्ने बानी छैन मेरो ।।

2.23.2012

गजल - चपक्क अँगालोमा

चपक्क अँगालोमा कती सारो बेरेकी मोरीले  
चारैतिर मायाजाल थापी किन घेरेकी मोरीले । 

चुप्प चुप्प मुँइ खाँदै गाला रातो पारी सकी  
भित्ताको पनि कान हुन्छ खोइ टेरेकी मोरीले ।

यताउता सुम्सुम्याउछे करेन्ट लाग्ने गरी  
भोको बाघको पन्जा जस्तै चिथोरेकी मोरीले । 

तातो तावाको माछाझै दुबै जिउ यता उता  
मलाई पनि आँफैसँग सपक्क सोरेकी मोरीले । 

2.21.2012

Youth and Climate Change (Book Review)

The UN’s fourth World Youth Report, ‘Youth and Climate Change’, was published in December 2010. The report appraises the involvement of today’s youth in addressing climate change and shows how, at different local and international levels, young people can address climate change among their peers. The past youth reports were ‘Young People’s Transition to Adulthood–Progress and Challenges’(2007); 'Young People Today and in 2015’(2005); and `The Global Situation of Young People’(2003).

6.05.2011

Unforeseen Disaster, Unprecedented Suffering

In late July 2010, Pakistan northern region received heavy monsoonal rainfall which caused recorded flooding in the history. It claimed around 2000 human lives leaving millions homeless and submerging many hectares of fertile land (BBC, Oxfam, Alertnet, Wikipedia). Due to large devastating impact, the UN Secretary termed it ‘a slow-motion tsunami’. Likewise, a cloudburst hit Leh region in Jammu and Kashmir, India and killed 100 people. A large mudslide occurred in Zhoqu county, north western china and claimed 1500 lives which is very uncommon place for such event. Other himalyan countries like Nepal, Bhutan and downstream country Bangladesh also experienced floods.

4.20.2011

बेहाल छ खबर नसोध

बेहाल छ खबर नसोध
कुल्चिएका रहर नसोध ।

मिलनको न्यानो आशमा
काटेका ति कहर नसोध ।

रात दिन यादमा तिम्रो
रोएका  ति प्रहर नसोध ।

बहुत पिँए रित्तियो सबै
बाँकी किन ? जहर नसोध ।

स्वार्थपूर्ण बस्ती भित्र छु म
पागल छ सारा शहर नसोध ।

टुसामा नै भाँचिएको छु म
आँशुको भेल नहर नसोध ।

18 September 2006

10.19.2010

Land Use and Population Dynamics in a Mountain Watershed of Nepal: A Case Study from Salakhukhola Watershed

Abstract:
 
The amount, the rate and the intensity of land use and land cover change are very prominent in least developing countries like Nepal. The human impact upon the land is enormous and still increasing. This study analyses the nexus between population dynamics and land-use practices in Salakhu Khola watershed, a micro-watershed in the mid-hill region of Nepal. The spatial and temporal change patterns of land use were quantified by interpreting remote sensing (RS) data and use a geographical information system (GIS). The paper mainly focuses on spatial and temporal changes in land use between 1989 and 2006 in this typical watershed of Nepal where community forest projects were implemented by the government 15 years ago. Time series data regarding demographic and socio-economic parameters of the study area from primary and secondary sources were also used. The dynamics of population, land use, and land cover within the Salakhu Khola watershed are investigated by performing spatial analysis of digital land use maps in ArcGIS. The results show there is a significant increase in forest cover of 63 percent and agricultural land of 8 percent in the watershed with a corresponding decrease in shrubland and grassland during the length of 17 years. The number of people living in the watershed has been reduced because of internal migration to the plain areas and temporary labour migration to India and Gulf countries. The annual rate of population growth is 1.62% in the study area. This has resulted in significant reduction of grassland and shrubsland in the watershed area.