Pages

Showing posts with label नयाँ बर्ष. Show all posts
Showing posts with label नयाँ बर्ष. Show all posts

4.13.2013

नव बर्ष २०७० सालको शुभकामना !!!

नयाँ बर्ष बिक्रम सम्बत २०७० शुरु हुन लाग्दै छ । हुन त नेपालमा शुरु पनि भईसक्यो । आफु झण्डै ५ घण्टा पछाडी भएकोले मात्रै अझै पनि Eve” कै मुडमा छु । यतिखेर म अघिल्लो बर्ष २०६९ लाई स्वागत गर्दाको क्षणहरुलाई सम्झदै छु । एक दर्जन साथिहरु मिलेर २०६९ लाई स्वागत गर्न हामी काठमाडौ उपत्यकाबाट नजिकै चिसापानी पदयात्रामा गएका थियौ । दिनभरको थकानलाई वास्ता नगरी नाचगान र मधुपानमा झुमेका थियौ । अहिले यसो सम्झेर ल्याउदा त बढो रमाईलो पो गरिएको रै’छ त ! खै कस्तो खालको मानबिय स्वभाब हो, सम्झनाका पोकाहरु फुकाउदा ति यादहरु असरल्ल भएर अझ बढि रमाईला, आनन्ददायक र रोमाञ्चक पो लाग्ने गर्छन । अरुलाई कस्तो महशुस हुने गर्छ कुन्नि, म भने ति असरल्ल यादहरुलाई हेरे अलि धेरै नै रम्ने गर्छु र फेरि सँगाल्दै पोको पार्ने गर्छु।