Pages

Showing posts with label मनमा लागेको कुरा. Show all posts
Showing posts with label मनमा लागेको कुरा. Show all posts

4.13.2013

नव बर्ष २०७० सालको शुभकामना !!!

नयाँ बर्ष बिक्रम सम्बत २०७० शुरु हुन लाग्दै छ । हुन त नेपालमा शुरु पनि भईसक्यो । आफु झण्डै ५ घण्टा पछाडी भएकोले मात्रै अझै पनि “Eve” कै मुडमा छु । यतिखेर म अघिल्लो बर्ष २०६९ लाई स्वागत गर्दाको क्षणहरुलाई सम्झदै छु । एक दर्जन साथिहरु मिलेर २०६९ लाई स्वागत गर्न हामी काठमाडौ उपत्यकाबाट नजिकै चिसापानी पदयात्रामा गएका थियौ । दिनभरको थकानलाई वास्ता नगरी नाचगान र मधुपानमा झुमेका थियौ । अहिले यसो सम्झेर ल्याउदा त बढो रमाईलो पो गरिएको रै’छ त ! खै कस्तो खालको मानबिय स्वभाब हो, सम्झनाका पोकाहरु फुकाउदा ति यादहरु असरल्ल भएर अझ बढि रमाईला, आनन्ददायक र रोमाञ्चक पो लाग्ने गर्छन । अरुलाई कस्तो महशुस हुने गर्छ कुन्नि, म भने ति असरल्ल यादहरुलाई हेरे अलि धेरै नै रम्ने गर्छु र फेरि सँगाल्दै पोको पार्ने गर्छु। 


3.14.2012

चिया गन्थन

स्थान: सिँहदरबार भित्रको एक चमेना गृह
समय: ११:४५ बजे
मिति:२०६८ चैत्र १ गते

कामकाजको मेसोले केही दिनदेखी सिँहदरबार भित्र आउजाउ चलिरेहको छ मेरो । हिजोको झरीले गर्दा बिहानको घाम पारिलो थियो । आकाश पनि मजाले खुलेको थियो । बिहानको चिया घाम ताप्दै खाउ भन्ने मनशायले सहकर्मि मित्रसँग चिया खान भनी मैले प्रस्ताब गरे अनुरुप त्यता गईएको थियो । चियालाई कुर्दै गर्दा अर्को टेबलमा ४ जना राष्ट्रसेबक कर्मचारीहरु पनि आउनु भयो । शुरुमा त वहाँहरुको आबाज मधुरो थियो । बिस्तारै बढ्दै गयो ।

पहिलो ब्यक्ति: यस्तै हो भने नेपाललाई ईन्डियामा गाभ्दिए हुन्छ ।
(यस्तो कुराले मेरो र सहकर्मि मित्रको ध्यान त्यता खिच्यो )