Pages

3.14.2012

चिया गन्थन

स्थान: सिँहदरबार भित्रको एक चमेना गृह
समय: ११:४५ बजे
मिति:२०६८ चैत्र १ गते

कामकाजको मेसोले केही दिनदेखी सिँहदरबार भित्र आउजाउ चलिरेहको छ मेरो । हिजोको झरीले गर्दा बिहानको घाम पारिलो थियो । आकाश पनि मजाले खुलेको थियो । बिहानको चिया घाम ताप्दै खाउ भन्ने मनशायले सहकर्मि मित्रसँग चिया खान भनी मैले प्रस्ताब गरे अनुरुप त्यता गईएको थियो । चियालाई कुर्दै गर्दा अर्को टेबलमा ४ जना राष्ट्रसेबक कर्मचारीहरु पनि आउनु भयो । शुरुमा त वहाँहरुको आबाज मधुरो थियो । बिस्तारै बढ्दै गयो ।

पहिलो ब्यक्ति: यस्तै हो भने नेपाललाई ईन्डियामा गाभ्दिए हुन्छ ।
(यस्तो कुराले मेरो र सहकर्मि मित्रको ध्यान त्यता खिच्यो )

दोस्रो ब्यक्ति: (अलिक सानो स्वरमा) ठिक भन्नु भयो।
पहिलो ब्यक्ति: के काम छ यि नेताहरुको । गर्ने भन्ने केही होईन । किन यो देशलाई माखी खाने भाँडो बन्न दिईरहने ?
तेस्रो ब्यक्ति: सक्ने भए कम्पिटिसन गर्नु नि ईन्डिया सँग । (मैले यस्मा केही मेसो पाउन सकिन )
चौथो ब्यक्ति: म सहमत छैन है तपाँईसँग (पहिलो ब्यक्तिलाई लक्षित गरे जस्तो देखिन्थ्यो !)
तेस्रो ब्यक्ति: तेल उतै सस्तो, ग्यास उतै सस्तो, Public Service उतै राम्रो । किन राख्नु पर्यो र यो देश, उतै गाभिदिए हुन्छ ।

(मेरो दिमाग चिसो भयो, कस्तो कस्तो कारण होला देशलाई अन्तै गाभ्ने!!! देश भनेको त पहिचान हो, किन यति सजिले देश जिम्मा लाउने कुरा गर्दै छन् , मेरो मथिङगल हल्लियो । राज्यले पहिचान नगरेको कारण होला कि? सिँहदरबारमा काम गर्ने कर्मचारीको पहुँच नपुगेको त भन्न मिलेन)

सानो स्वरमा कर्मचारी सरुबाको बारेमा कुरा भईरहेको रहेछ ।

दोस्रो ब्यक्ति: लोकसेवाको पाठ्यक्रम नै ठिक छैन । बाहुनहरुले मात्रै नाम निकाल्न सक्छन् । आरक्षण हुनु पर्यो नि त !

(त्यतिकैमा मेरो चिया आयो )

तेस्रो ब्यक्ति: ल हेर्नुस त, लेख्नु पर्ने भाषा । यहाँनेर, भन्देखि यस्तो यस्तो भाषा मिलाएर लेख्नु पर्ने, अरुलाई कहाँबाट आओस् त !
पहिलो ब्यक्ति: यो आरक्षण र सँघियताको बिरोध गर्नेलाई बाँकि राख्नु हुन्न ।
चौथो ब्यक्ति: यो काटमार रोक्नलाई त बिरोध गर्नु परेको ।

त्यसपछि कुराकानी गृह मन्त्रालयमा अगिल्लो दिन भएको झडप र कर्मचारी सरुवाको बिषयमा प्रवेश गर्यो ।

मेरो चिया सकियो, म पैसा तिर्न क्यान्टिन तिर लम्के ।

मनमनै सोच्दै थिए - देशमा प्रजातन्त्र्/गणतन्त्र त आएको पक्का रै'छ । घरमा हजुरबाले राणाकालको कुरा सुनाउनु हुन्थ्यो । ती दिनमा प्रजा हुन कति गाह्रो थियो । अहिले जनता हुन सजिलो छ बरु, ढुक्कै सँग बोल्न पाईएको छ ।
मनमा चै लागिरह्यो यस्तै कारण हुन त देशको माया मार्नु पर्ने । कि यो फोहोरी राजनीतिले गर्दा यस्तो भईरा'को छ। यसरी देशको मुख्य केन्द्रबिन्दुमा नैराश्यता सुनियो र देशलाई माया मार्न थालियो भने के होला खै यो देश !




2 comments:

  1. मियो दरो भए पो, सबै ठेगानमा हुन्छन ! मन्लागी बोल्ने, गर्नाले न हो सबै मातिएका ! बेलई नभैकन ०४६ सालमा डेमोक्रेसी आयो ! तेइ पनि नपचेर ०६३ सालमा गन'तन्त्र नै आयो ! अनी जस्ले नि कबाडिको भाउमा पुर्काले आर्जेको देश बेच्ने नै भये नि ! आफुले जन्माको छोरो लुलो भये नि प्यारो हुन्छ ! सन्तानको माया लाग्न त जन्माउनु पो पर्छ, नत्र अर्काको छोरी बम्बैमा बेच्न किन सजिलो हुन्थियो र !!!

    ReplyDelete
  2. सहि कुरा हो यार। देश भनेको त आफ्नै आमा हुन् नि ! कसरी ब्यक्त गर्छन खोई यस्तो बिचारहरु । यो प्रजातन्त्र/गणतन्त्र भन्ने कुरा कुन्नी के जातीको मुखमा कुभिण्डो भा'को हो त ?

    ReplyDelete