Pages

4.15.2012

नयाँ बर्ष २०६९ - चिसापानी हाईकिङ


लामो समयदेखि राजधानी नजिकै कतै हाईकिङ जाने हाम्रो योजना थियो। बिशेषगरि अमृत दाइ, सुबास भाइ र मैले हाम्रो चिरपिरिचित 'गोङगबु प्लेनम' मा यो सोच तयार पारेका थियौ तर समय भने जुरिरहेको थिएन । त्यसको केहि समय मात्रै अघि हामि अर्थात सुवास र म एकरात क्याम्पिङ गर्न शिबपुरी जँगल गइसकेकोले गर्दा अमृत दाइ केहि बढिनै उत्साहित हुनुहुन्थ्यो । त्यसैले गर्दा हामिले मेसो मिलायौ नेपाली नयाँ बर्षको र चिसापानी जाने निर्णय गर्यो । सञ्जिब पासाले चिसापानीको होटल बुक गरे र सम्भाबित खर्चको हिसाबकिताब निकाले अनि सुबास चै टोली ठुलो पार्न तिर लागे । सुबासका साथीहरु यादब भाइ, सुदिपचामेटल भाइ टोलीमा जोडिए भने फ्याङ्को कोलम्बो उर्फ राजेश ब्रो, बिबेक ब्रो साथै गुञ्जन अनि चितवनबाट हाईकिङ कै लागि भनेर बाबु आईपुगे । अनि यसमा थपिइन मेरी पत्नी सृजना !!! यसरी एक-से-एक १२ जनाको हाईके डफ्फा नेपाली नयाँ बर्ष २०६९ को स्वागत गर्न तयार भएर एकाबिहानै सुन्दरीजलमा भेला भए ।
  
 
खाजाको मेसो