Pages

4.20.2011

बेहाल छ खबर नसोध

बेहाल छ खबर नसोध
कुल्चिएका रहर नसोध ।

मिलनको न्यानो आशमा
काटेका ति कहर नसोध ।

रात दिन यादमा तिम्रो
रोएका  ति प्रहर नसोध ।

बहुत पिँए रित्तियो सबै
बाँकी किन ? जहर नसोध ।

स्वार्थपूर्ण बस्ती भित्र छु म
पागल छ सारा शहर नसोध ।

टुसामा नै भाँचिएको छु म
आँशुको भेल नहर नसोध ।

18 September 2006